म तिम्रै कुरा गरिरहेको हुनेछु

मैले रुखको कुरा गरेँ भने
सम्झिनु
म चराको कुरा गरिरहेको हुनेछु ।

मैले चराको कुरा गरेँ भने
सम्झिनु
मैले आकाशको कुरा गरिरहेको हुनेछु ।

मैले आकाशको कुरा गरेँ भने
सम्झिनु
मैले वादलको कुरा गरिरहेको हुनेछु ।

मैले वादलको कुरा गरेँ भने
सम्झिनु
मैले झरीको कुरा गरिरहेको हुनेछु ।

मैले झरीको कुरा गरेँ भने
सम्झिनु
मैले फूल कुरा गरिरहेको हुनेछु ।

मैले फूलको कुरा गरेँ भने
सम्झिनु
मैले तिम्रै कुरा गरिरहेको हुनेछु ।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *