एउटा विभत्स सपना थियो
टुट्यो ।
एउटा कालो रात थियो
घर्कियो ।
कहालीलाग्दो अँध्यारो थियो
हट्यो ।
असहज निद्रा थियो
ब्युँझियो ।
उघ्रिँदै थियो
टाढा कतै कलिलो क्षितिज
रातै पोतिएर…
बिहान हुँदैथियो
घाम उदाउँदै थियो ।
एउटा विभत्स सपना थियो
टुट्यो ।
एउटा कालो रात थियो
घर्कियो ।
कहालीलाग्दो अँध्यारो थियो
हट्यो ।
असहज निद्रा थियो
ब्युँझियो ।
उघ्रिँदै थियो
टाढा कतै कलिलो क्षितिज
रातै पोतिएर…
बिहान हुँदैथियो
घाम उदाउँदै थियो ।