शहरको कुनै साघुँरो गल्लीको
साघुँरै बाटोको एक छेउमा असरल्ल परेको
फोहोरको एक थुप्रो जस्तै भएको छु
जसलाई तिम्रै हातले फालेको थियो।
अन्तिम पटक हेर त,
यहाँ म जस्ता हजारौँ थुप्राहरु छन्
तिमी जस्तै बाट फालिएका,
म त्यो साँघुरो बाटोको एक छेउमा लम्पसार परेर
फराकिलो सोचमा सोचिरहेछु,
जो फोहोर हाल्ने गाडीमा समेत अटेन।
त्यो गाडीमा नअटनुमा त्यत्ति हीनता बोध भएन,
जत्ती तिम्रो हातबाट त्यहाँ छोडीदिदा भएको थियो
मैले देखेको छु प्रत्यक्ष भोगेको छु,
यी बाटो हिँ ड्नेहरु प्रत्येकले म सामु आईपुग्दा
नाक थुनेर बदलामा थुकेर हिँडेको।
कुनैदिन फुर्सद मिल्यो भने
त्यो फोहोरको थुप्रो अगी आएर उभिनु,
मलाई कसैले गाड्नु अघि पोल्नु अघि सुनाउन मन छ,
फोहोर ठानेर, मानेर, फाल्ने तिमीलाईनै
एक फोहोरको कथा ।।