जब झरी पर्छ

जब झरी पर्छ
भरिन्छ छेवैको नाली
र बग्छ फोहोर बोकेर।

जब झरी पर्छ
सुसाउँछ पारीको भित्तो
र पखाल्छ धुलाम्मे पातहरुलाई।

तिमी भन्थ्यौ नि,
भरिएँछु भित्रैदेखि भनेर!
झर्न देऊ
अन्धमुष्टि बनेर बसेका यादहरुलाई
आँखाको डिल हुँदै
झरी बनेर
आफैँ थाहा पाउनेछौ
निथ्रिनु
कति हलुको हुन्छ भनेर।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *