मधुरो छायाँ सल्बलाएको देखेथेँ
साँझतिर-सडकमाझ।
कोही टहल्दैथियो
या थियो
कसैको प्रतिक्षामा!
तिमीलाई थाहा छ नि!
मेरो झ्यालबाट प्रष्ट देखिन्न
देखिए पनि ठम्याइन्न
सायद
भ्रम पनि हुनसक्छ मेरो।
तर म चिन्न सक्छु
तिम्रो आकृति..
साँचो भन
तिमी मेरै घरतिर आएकी थियौ
कि
बाटो बिर्सिएको हो?