गल्ती हजार हुन्छन्…

अर्धमुदित आँखाको कटाक्ष
भिजेका कपालबाट
झट्कारिँदै तप्किएको
पानीको थोपो

एउटा पातलो मुस्कान
एउटा पातलो घुर्की
एउटा पातलो नखरा
एउटा पातलो इशारा..

तिम्रो स्पर्शको स्फुरणले

हल्का उत्ताउलिएर मत्मतिएको थिएँ

होस हराएको थिएँ।

प्यारी
माफ गर है!
गल्ती हजार हुन्छन्
यहाँ होस हराएको बेला।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *