भर्खरै तिमी थियौ?

छुस्स आउँछ र
हराउँछ तिम्रो याद
झिलिक्क बिजुली चम्किएर
रातको नीरवतामा बिलाएजस्तो।

छाम्न खोज्छु~
तिम्रै सामिप्यताको ढुकढुकी
बतासिएर आएको
तिम्रै सुगन्धको मिठो हरक-
महसुस गर्न खोज्छु।

हजारौँ विचारहरुको बेहरी चल्छ
मनमा~मगजमा
आउँछ सताउँछ
लुक्छ र हराउँछ

के तिमी~
भर्खरै यतै कतै थियौ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *