पुस्तक

पुस्तक-
हेरेर मात्रै पाइन्न ज्ञान
पढ्नुपर्छ…

मलाई पढ्न
पुस्तक पढ्नभन्दा कठीन छ ।

छिचोलेर मनको गर्तसम्म
खोज्न सक्नुपर्छ प्रेमको गहिराइ ।
नाप्न सक्नुपर्छ आँखामा
लमतन्न फिँजिएको चाहनाको दूरी ।
खुट्याउन सक्नुपर्छ
ओठमा दबिएर बसेका शब्द-शब्दहरु ।

सक्छौ त ?

मलाई प‍ढ्न
पुस्तक पढ्नभन्दा  कठीन छ ।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *