बोली- ओठमा मात्रै हुन्न
आँखामा पनि हुन्छ
मुस्कानमा पनि हुन्छ ।
चुपचाप बस्दैमा- चुप छैन म
नपत्याए
एकपटक फर्केर त हेर !
मेरो आँखामा
अनुहारमा…
ध्यान दिएर हेर-
हजार शब्दहरुले भन्दा बढी
संवाद गरिरहेको पाउनेछौ तिमी
मनको गहिराइमा
संवाद गरिरहेका शब्दहरु ।
थाहा छ?
मौनताको संवाद
सबैभन्दा शक्तिशाली हुन्छ ।
1 Comment