हिउँ निस्किन्छन् बोलीहरुमा
तुषारो फाल्छन् आँखाहरु
शीतभन्दा चिसा शब्दहरु…
चिसो-
एक अमूर्त विम्ब पनि हो
सम्बन्धको
प्रेमको ।
भनौँ न
कोही बोलिरहेको त हुन्छ
तर केही बोलेको हुँदैन ।
हाँसिरहेका हुन्छन् ओठ
तर मन हाँस्दैन ।
चिसोमा
धेरै कुरा चिसो हुन्छ-
चिसा मान्छे
चिसो साथ
अनि
सँगसँगै चिस्सिरहेका हुन्छन् सम्बन्धहरु ।