फरक

चिर्बिर चिर्बिर
चराको आवाजसँगै बिहान हुन्थ्यो
र गुञ्जन्थ्यो
शङ्ख र घण्टको मधुर ध्वनी ।

मेलापातको सुसेला
र घँसियारको हाक्पारेमा
सबेरै खुल्थे आँखा
अनि तङ्ग्रिन्थेँ म
द‍ूधै बाच्छो तङ्ग्रिएझैँ ।

आजकल त
गाडीको चर्को हर्नले
ब्युझाउँछ मलाई ।

तिमी सोध्यौ नि हैन ?
गाउँ र शहरबिच
के फरक छ भनेर !

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *