बिच बाटोमा चित्कार हुन्छ
दया हैन दुत्कार हुन्छ।
चेतना र संवेदना
मरिसक्यो मान्छेभित्र।
माया दया धेरै अघी
टरिसक्यो मान्छेभित्र।
मोबाइल र क्यामेरा र
रमितेको लर्को हुन्छ।
हाँसो हुन्छ खित्का हुन्छ
कुराकानी चर्को हुन्छ।
हेर्दै जाउँ अब-
खुलेआम बलात्कार हुन्छ
दया हैन दुत्कार हुन्छ।