कोही केसँग झुक्छ आखिर ?
बम- बारुद
तोप- गोला
तरबार- अस्त्र
या
बोली- भाषणमा ?
म पनि डराउन्नथेँ कसैसँग !
झुक्दिनथेँ
डग्दिनथेँ…
उसले
तुरुक्क चुहाइ एक थोपा आँशु
र मैले शिर निहुराएँ !
कोही केसँग झुक्छ आखिर ?
बम- बारुद
तोप- गोला
तरबार- अस्त्र
या
बोली- भाषणमा ?
म पनि डराउन्नथेँ कसैसँग !
झुक्दिनथेँ
डग्दिनथेँ…
उसले
तुरुक्क चुहाइ एक थोपा आँशु
र मैले शिर निहुराएँ !