बगैँचा

एउटा बगैँचा थियो-
फूल फुल्थे
चरा डुल्थे
भमरा भुन्भुनाउँथे

बगैँचा बिस्तारै बस्ती बन्यो
बस्ती गाउँ बन्यो
अनि एकदिन
गाउँ- गाउँ रहेन
बगैँचा- बगैँचा रहेन
बिस्तारै शहर बन्यो
र उजाडियो !

शहरको चर्को कोलाहल छिचोल्दै
बेला बेला म पुग्ने गर्छु बगैँचाको खण्डहरमा
र खोज्नेगर्छु आफैँलाई
तिनै पाइतालाको पदचापमा
अनि
दबिएको पाउँछु अरु हजारौँ प्रेमील निशानीहरु..

@ विस्मय !

1 Comment

  • Avisek banjara , November 24, 2024

    Very great dai !!
    Have been following you from like 4 or 5 months but really great !
    I would love if you would write some poems on specific topics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *