संघर्षको लामो खुट्किलो चढेर
पसिनाले लथपथ हुँदै
जुन बाटो हिँड्दैछौ नि तिमी !
केही पाउने आशमा
केही भेट्ने लालचमा
केही जित्ने अभियानमा
केही भोग्ने अभिमानमा
मैले पनि देखेको छु
नूर गिराएर फर्किरहेका
धेरै विरक्त अनुहारहरु
र सुनेको छु
तिनैका मुखबाट
विश्वास गर साथी
त्यहाँ
फगत सन्नाटा छ…