केवल एक सम्झना

टाढा क्षितिजमा कतै
रातो लाली उदाएझैँ।

अथवा
कठ्याङ्ग्रिँदो पुषको मध्यान्हमा
न्यानो स्पर्श पाएझैँ।

अथवा
मन रुखिएको बेला
कसैको मायालु आवाजले बोलाएझैँ।

अथवा
तिम्रो उपस्थिति
मेरो रुपक, उपमा र भाव।
मेरो जीवनका
अविधा लक्षणा र व्यञ्जना।

पर्याप्त छ~
केवल एक उपस्थिति
केवल एक सम्झना।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *