भिडमा उभिनु
भिडमा हिँड्नु
भिडसँग जुध्नु
र भिडभित्रै हराउनु ।
भिडाम्भिड भिडभित्र
कुनै दिन खुसुक्क पसेको थिएँ म
र हराएको थिएँ भिडभित्र
भिड बनेर
…
वर्षौँपछि एकदिन-
खोजिहेरेँ आफूभित्र
आफूलाई
र पाएँ
सर्वथा निस्सार… रित्तो…
थियो त केवल
एक ओम
एक मन्त्र
र एक शून्यता ।
मैले आँखा चिम्लिएँ !