एउटा साथी थियो-
गाह्रो साह्रोमा सम्झी है भन्थ्यो !
एक दिन सम्झिएँ पनि
तर
अचानक गायब भयो ।
सोचेँ-
ठिकै भयो
मान्छे चिनियो !
अर्को साथी थियो-
बेलाबेला गन्गनाउँथ्यो
जीवनका कथा सुनाउँथ्यो
व्यथा बोल्थ्यो, आँशु झार्थ्यो ।
आफ्नै हजार दुःख थिए
घुटुक्कै निल्थेँ
र उल्टो सम्झाउँथेँ-
धर्तीमा दुःख पर्ने
तिमी मात्रै होइनौ साथी !
चित्त बुझाउँथ्यो- फर्किन्थ्यो ।
साथी आए- गए
जीवन चलिरह्यो…