खोपडी

एउटा खोपडी छ बरै!
के के पो सोचोस्?

छिमेकीको झगडा
छिमेकी देशको लफडा।
साहित्यको गञ्जागोल
सिनेमाको भद्रगोल।
नेताको भाषण
कर्मचारीको आश्वासन।
बा-आमाको अर्ति
आफन्तको फुर्तीफार्ती।
रोग व्याधीको झटारो
अस्पतालको चटारो।
युद्धको त्रास
भविष्यको अत्यास।

एउटा खोपडी छ बरै!
के के पो सोचोस्?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *