बुद्ध वाज बर्न इन नेपाल!

हातमा मसाल
मुहारमा आक्रोश
अनि खुट्टामा देश बनाउने रफ्तार बोकेर
ऊ मेरो छेउ आयो।

सोध्यो- तिमी कुन देशको?
भनेँ-नेपाल।
सोध्यो- प्रमाण के छ?
भनेँ- प्रत्यक्षलाई प्रमाण चाहिन्छ?

ऊ~
एकछिन अक्मकायो
र शान्त भयो।
अनि आदेश दियो बिस्तारै-
‘उसो भए भन- बुद्ध वाज बर्न इन नेपाल!’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *