सपना के को?
-स्थातित्वको
स्थायित्व के हो र?
-शान्ति हो
शान्ति कस्तो हुन्छ?
-समृद्ध
समृद्धि के ले ल्याउँछ?
-विकासले
विकास के हो?
-सपना
वितण्डा र वादहरुको
वाक्कैलाग्दो मारामार बिच
जेलिएर, पेलिएर दिक्क हन्छु।
अनि
चियाको चुस्की लिँदै
यस्सो सोच्छु-
सपना देख्नु मेरो देशको अभिशाप हो।