समवेदना

जीवन रहँदै बोल
जीवन रहँदै हाँस
जीवन रहँदै जाउ कसैको नजिक
र साथ बिताउ केही समय ।

जीवन रहँदै हो साथ रहने
आत्मियता, सम्मान
सामिप्यता रहने ।
जीवन रहँदै त हो
महसुस हुने आँखाको स्पन्दन ।

जीवन सकिएपछि
जे जति बोलिन्छ र भनिन्छ
लेखिन्छ र सुनाइन्छ
त्यसलाई ‘समवेदना’ भनिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *