एकैछिन रोक
तिम्रो क्रान्तिकारी भाषण
यहाँ एउटा बच्चो निदाएको छ
बिउँझिन सक्छ।
एकैछिन रोक
तिम्रो कविताको विद्रोह
एउटा किसान
भर्खरै नार्दैछ एक हल गोरु
जोत्नुछ बाँझो बारी
नारा लगाउने फुर्सद छैन।
एक्कैछिन पर्ख
आमा भात पस्किँदैछिन्
भोकाएका बा हात धुँदैछन्
बच्चो भर्खरै निदाएको छ…