यता के छ? केही छैन- खास थियो त्यतैतिर
श्वास थियो जीवन थियो बास थियो त्यतैतिर ।
तिर्खा थियो भोक थियो कष्ट थियो जलन थियो
शीतलताको आभास दिने बतास थियो त्यतैतिर ।
उभिएको आफ्नै जमीन भास्सिएझैँ महसुस यो
कल्पनामै उचालिने आकाश थियो त्यतैतिर ।
वेदनाको खल्लोपना निस्पट्ट छ- कहाली छ
कलेँटीमा तप्किदिने प्यास थियो त्यतैतिर ।