सजाएर राख्न भन्छौ
तिमीले दिएको फूलको थुङ्गो
जुन उहिल्यै ओइलाइसक्यो ।
जतन गर्न भन्छौ
तिमीले ओढाएको रेशमी बर्को
जुन कहिले फाटिसक्यो ।
संसारमा कति धेरै परिवर्तन हुन्छ-
घाम, पानी, तुषारो पर्छ
हेर्दाहेर्दै बदलिन्छ,
ऋतु, मौसम, साल ।
अनि भन्छौ-
पुरानो म चाहियो भनेर !
प्रिय,
त्यो अब सम्भव छैन…