अचानक एक दृश्य आउँछ
र सर्लक्कै बिलाएर जान्छ
आँखाका पर्दाहरुमा ।
अचानक एक याद आउँछ
र सुस्तरी बढाएर जान्छ
मुटुको ढुकढुकी ।
अचानक एउटा प्रेम उर्लिन्छ
र ब्युँझाएर जान्छ
मुर्झाएका विगतहरुलाई ।
आजकल-
धेरै कुरा अचानक नै हुनेगर्छ
जसरी
अचानक घट्ने गर्थे कुनै समय
अनेकन घटनाहरु ।