समाधि

जसले
भर्खरै भेट्दैछ
लामो भोकपछिको एक गाँस भात ।
कलेँटी लाग्ने तिर्खापछिको
एक घुट्को पानी।
कट्कटिने जाडोमा
एक धरो कम्बल ।
दर्क्यान झरीपछि
एक छानो ओत ।

या
जसले भर्खरै देख्दैछ
लामो यात्रापछि
एउटा चाँदीको घेरो
टाढा कतै~ गन्तव्यको…

समाधिको अनुभव कस्तो हुन्छ,
त्यो मान्छेलाई सोध्नु !

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *