शङ्खनाद बाँकी नै छ

जर्जर छ सबैकुरा
अवसाद बाँकी नै छ
घात माथि घात चल्छ-
प्रतिघात बाँकी नै छ ।

तिमी भन्छौ- सबै ठीक छ
यही कुरा अजिब छ ।
नाम मात्रै छ- ‘जनतन्त्र’
बिखण्डनको करिब छ ।

कृष्ण अर्जुन सामुन्ने छन्
प्रतिपाद बाँकी नै छ ।
कुरुक्षेत्र तयारी छ
शङ्खनाद बाँकी नै छ ।

                      …

 

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *