दुई टुक्रा प्रेम

एक-
हाम्रो प्रेमको हल्ला खुबै
चल्या रैछ गाउँतिर ।
तिम्रो घरको छेउछाऊ
र म बसेको ठाउँतिर ।

हावा नचली पात हल्लिन प्यारी !

भन न,
के हल्ला साँचो हो ?

दुई-
हेर्नलाई त जसले पनि

हेर्न सक्छ तिमीलाई ।
तर मेरो हेराई- आँखा
पाउनेछैनौ तिमी ।

मिठा कुरा, मिठो बोली
बोल्नलाई त के नै छ र ?
तर मेरो बोलाई, भाखा
पाउने छैनौ तिमी ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *