- विस्मय
- October 30, 2024
लेख्नुछ
मलाई अझै लेख्नुछ- विगतको कुनै विस्मृत स्मृति केही अधुरा प्रेम अपुरा सपना तम्तम्याइला धुलाम्मे रहरहरु झुम्म नशा जस्ता रसिक रातहरु या त कराल नीरवताको पट्यारिलो
आँखामा बसेकाहरु आँखा आँखामै अँटाउँछन् आँखैमा रम्छन् आँखैमा सताउछन् आँखैमा आउँछन् अनि आँखाबाटै जान्छन्। आँखामा बसेकाहरुले के दिन्छन्? केवल आँशु- थोपा थोपा जतन गरेर राख्नुपर्ने
यता के छ? केही छैन- खास थियो त्यतैतिर श्वास थियो जीवन थियो बास थियो त्यतैतिर । तिर्खा थियो भोक थियो कष्ट थियो जलन थियो शीतलताको
फरक मुहानका पानीहरु एकाकार भएर बगेको नदीजस्तै सललल बगिरहेछ काठमाण्डू सागर बोकेर उचालिएको हिमाल जस्तै साँझ बोकेर उदाएको बिहान जस्तै धर्तिलाई काखी च्यापेर मस्त निदाएको
घरक्क उघ्रिन्छ झ्याल र छिर्छ चिसो सिरेटो। मुसार्छ कान चिमोट्छ गाला सुम्सुम्याउँदै कुम, गर्दन र पाखुराहरुमा खुसुक्क घुस्रिन्छ बिछ्यौनामा। म सम्झन खोज्छु- कुनैबेलाको तिम्रो उपस्थिति