- विस्मय
- August 19, 2024
बेलुन
आकाशै छिचोल्छु भनेर रुमानी उडान उडेथ्यो बेलुन। जाँदाजाँदै बाटैमा हावा खुस्कियो र फुसुस्स ओइलाएर फर्कियो जमीनमा। यता संसार छिचोल्न रफ्तार लिएकाहरु हेरेँ र मुसुक्क मुस्कुराएँ।
अन्धकारमा उभिएर अन्धकारमै हेरिरहे अन्धकारै देखिन्छ। भिडमा उभिएर भिडसँगै हिँडिरहे भिडभित्रै हराइन्छ। अझै देखेनौ मलाई? थोरै बाहिर हेर त भिडबाट थोरै बाहिर! धिप्धिपाइरहेको मधुरो प्रकाश
उम्लिँदा उम्लिँदैको चियाजस्तै थियो सम्बन्ध। तातो- बाफिलो- तरोताजा… गफै गफमा समय यसरी घर्कियो कि! चि~सो भएको पनि थाहै भएन! आजकल सम्बन्ध सेलाएर छाली परेको छ
मन त लाग्छ नि! भागेर जाउँ कतै यो समाजभन्दा पर। पुग्न सकुँ यति टाढा कि छेउछाउ नरहुन् विरोधीहरु। मन त लाग्छ नै पाइयोस् सोचेजति कुराहरु
जोगाइराख्न सम्बन्धलाई मजबूर भएँ म। यति करिब भएँ कि दूर भएँ म… @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0