- विस्मय
- June 20, 2024
समर्पण
हाँगा लर्किएर फूल लत्रिएझैँ लत्रिनेगर्छ बेला बेला यो मन पनि तिम्रो चरणमा। पानी हौसिएर बाफ बाफ चिस्सिएर पानी भएझैँ तिम्रो स्पर्शको असिम तापले भुतुक्कै हुन्छ
दिलको ढोका उघारेर यतैतिर सारेर। भित्रै पस्न मन छ भन-मिल्छ मिल्दैन! अङ्गालोमा बेरेर आँखा-आँखा हेरेर। त्यतै बस्न मन छ भन-मिल्छ मिल्दैन! निदाएर काखैमा जिन्दगीभर साथैमा।
ठुँस्स छ त मुहार! रिस मरेको छैन अझैँ? अझै उस्तै अनुहार! रिस मरेको छैन अझैँ? भयो गल्ती! माफी माग्छु, भन मात्र- सबै मान्छु। के दिउँ
जब- कुनै पुरानो किताबको भित्री पानामा एउटा सुकेको फूल भेट्छु तब तिमीलाई सम्झिन्छु। जब- दराजको खचाखच कुनामा कतै पाउँछु खुज्मुजिएको पुरानो मफलर तब तिमीलाई सम्झिन्छु।
फर्कन मन छ बिगतको कुनै कालखण्डमा अनि हेर्न मन छ आफ्नै जीवनको नखरा। आरोह अवरोह बाटो मोडिएका गल्लीहरु ठेस लागेका भिरालाहरु जहाँ सुस्ताउन मन छ
हावा आयो फर्फराउँदै र बत्तिएर ल्यायो केही पहाडका गीतहरु । घाम आयो बिस्तारै र उज्यालो बनाइदियो मनको क्षितिज । पानी बर्सियो झरी बनेर र भिजाइदियो
वर्षौँपछी आज एक्लै मिलेको छ साँझ तर तिमी साथ छैनौ। एक्लै- हेरिरहेँछु आकाशको जून, र सम्झिरहेँछु तिमीलाई। यो एकान्त, यो मादकता… कसरी वर्णन गरौँ प्रिय?
तिमी यसरी आउनु जसरी झरी आउँछ र लछप्पै भिजाउँछ शरीर। तिमी यसरी आउनु जसरी बतास आउँछ र बिस्तारै मुसार्छ कानको लोती। तिमी यसरी आउनु जसरी