- विस्मय
- June 27, 2024
मोजा
मोजा नतन्काई लाग्दैन लगाए तन्किन्छ। अनिवार्य चाहिन्छ तर नहुँदा पनि ठिक छ यसो-उसो काम चल्छ नै! निकट हुन्छ तर सधैँ हुँदैन पनि। नलगाई पनि सकिन्न।
कृत्रिम हाँसो नहाँस्नु बरु रिसाइदिनु केहीबेर म मुस्कुराउँदै फकाउनेछु । झुटो हार्दिकता नदेखाउनु बरु पर्खाइदिनु मूलढोकामा म धैर्य राखेर उभिनेछु । हेर न ! संसार
हिँडे बाटो छोटिन्छ हिँडिरहे पुगिन्छ। सम्हालेर पाइला चाल्नु बाटो अलिक अप्ठेरो छ। दायाँ बायाँ विचार गर्नु तगारो र चौघेरो छ। थकान हुन्छ सुस्ताउनु पानी बोक्नु-
फरक पर्छ र? कसैको एउटै उपस्थितिले एउटै स्पर्शले एउटै यादले एउटै वचनले एउटै मुस्कानले.. फरक पर्छ सायद धेरै नै फरक पर्छ । सोच त !
केही जिन्दगी त ट्राफिक जाममा बसेरै बित्यो केही जिन्दगी अस्पताल र बैंकको लाइनमा केही सरकारी कार्यालयको फाइलझैँ घुम्यो यो कोठा र त्यो कोठा त केही
दिलको ढोका उघारेर यतैतिर सारेर। भित्रै पस्न मन छ भन-मिल्छ मिल्दैन! अङ्गालोमा बेरेर आँखा-आँखा हेरेर। त्यतै बस्न मन छ भन-मिल्छ मिल्दैन! निदाएर काखैमा जिन्दगीभर साथैमा।