- विस्मय
- March 20, 2025
कैवल्य
चाहन्छु- तिमीसँगको ‘योग’। थोरै भक्ति मिसिएको थोरै उपासना घोलिएको। चाहन्छु- तिम्रो प्रेममा सर्लक्कै हराउन जसरी बिलाउँछ मुक्त आत्मा कतै कुनै निराकार ब्रह्ममा। चाहन्छु- मेटाएर सारा
सोचेको थिएँ- समय थियो था’नपाई बितेछ। लागेको थियो- बाँकी छ यात्रा गाडी नै छुटेछ। प्रतिक्षा थियो, पर्खाई थियो कसको थ्यो था’छैन। हैरानी थियो, छट्पटी थियो
कहिलै केही नमागी ईश्वरलाई चढाएका छौ फूल? कुनै वाचा नबाँधी दिएका छौ निश्वार्थ प्रेम? हात थापेर माग्न आएकाहरुलाई के बोलेर थमाएको छौ पित्तलको ढ्याक? धेरै
झेल्न सक्नुपर्छ नीरव कराल रात्री बिहान उदाउन। झेल्न सक्नुपर्छ कठोर कठीन यात्रा शिखर चुम्न। झेल्न सक्नुपर्छ रिस घुर्की र घृणाहरु पनि प्रेम पाउन। झेल्न सक्नुपर्छ
नदेखाउनु मलाई तिम्रो रङ्गीन दुनियाँका तिलस्मी सपनाहरु । सपना देख्न निदाउने फुर्सद छैन मलाई । नसुनाउनु मलाई विजेताका गौरवशाली युद्धकथाहरु एउटा सिङ्गै जीवनसमरको रक्तिम कहानी
मैले रुखको कुरा गरेँ भने सम्झिनु म चराको कुरा गरिरहेको हुनेछु । मैले चराको कुरा गरेँ भने सम्झिनु मैले आकाशको कुरा गरिरहेको हुनेछु । मैले
उही हिँड्ने बाटोमा बिर्सिएर आफ्नो बाटो समाहित हुन खोजिरहने पत्थर, जसलाई, बुझ्दै नबुझेरै खुशी छे ऊ, यदि बुझेकी भएपनि त्यहीँ ठेस, ठेसपछि चोट त पाउँथी
आज फेरि एउटा कविता फुराएँ आज फेरि एउटा गीत गुन्गुनाएँ । आज फेरि एउटा घाम उदाएँ । आज फेरि एउटा काम सकाएँ । आज फेरि
सबै डर डरलाग्दै हुन्छन् र? पहिलोपटक बाबाको पैसा चोर्दा काँपेका हात। पहिलोपटक स्कुल बङ्क गर्दा लर्खराएका गोडा। पहिलोपटक कसैको स्पर्शले बत्तिएको मुटुको चाल। पहिलोपटक प्रियलाई