- विस्मय
- February 9, 2024
ढुङ्गा
ढुङ्गा पग्लिन्छ!- अझै मान्छौ? ढुङ्गा हो त्यो!- के ठान्छौ? जम्छ, अड्छ, गाढिएर बस्छ बरु वर्षौँ वर्ष। घाम पानी तप्छ बरु भित्र भित्रै मर्छ। ढुङ्गा भन्दै-
जब्बर बन्दैछन् विचारहरु धारिला हुँदैछन् शब्दहरु आँधी छ मान्छेका मगजहरुमा खल्बलिएको छ समाजको मनोदशा कटान हान्दैछ चेतनाको वेगले बत्तिँदैछ परिवर्तनको पातलो झोँका। बिस्तारै, क्रमिक तर
चाहे जति नै कठोर बनुँ चाहे बनुँ संयमित। या त बनुँ मनैदेखी सावधान या रहुँ हरदम अनुशासित। मेरा इच्छाहरु यसरी घेर्छन् मलाई अनि छर्छन् मोह।
म तिमीलाई अस्विकार्छु, स्विकार गर्छौ ईश्वर? तिम्रो सृष्टि! -धिक्कार्छु, स्विकार गर्छौ ईश्वर? यो दु:ख, यो पीडा, यो जलनमा कहाँ हुन्छौ? सामु आउन ललकार्छु, स्विकार गर्छौ
उसलाई याद छ आफ्नो बाटो आदिम कालमा उसैका पुर्खाहरुले कोरेको डोर। उसलाई याद छ कटान र किनाराको सिमा वर्षौँ अगाडी उसैका भेलहरुले सम्याएको धर्सो। उसलाई