- विस्मय
- June 16, 2024
रिस मरेको छैन अझै ?
ठुँस्स छ त मुहार! रिस मरेको छैन अझैँ? अझै उस्तै अनुहार! रिस मरेको छैन अझैँ? भयो गल्ती! माफी माग्छु, भन मात्र- सबै मान्छु। के दिउँ
ठुँस्स छ त मुहार! रिस मरेको छैन अझैँ? अझै उस्तै अनुहार! रिस मरेको छैन अझैँ? भयो गल्ती! माफी माग्छु, भन मात्र- सबै मान्छु। के दिउँ
जब- कुनै पुरानो किताबको भित्री पानामा एउटा सुकेको फूल भेट्छु तब तिमीलाई सम्झिन्छु। जब- दराजको खचाखच कुनामा कतै पाउँछु खुज्मुजिएको पुरानो मफलर तब तिमीलाई सम्झिन्छु।
फर्कन मन छ बिगतको कुनै कालखण्डमा अनि हेर्न मन छ आफ्नै जीवनको नखरा। आरोह अवरोह बाटो मोडिएका गल्लीहरु ठेस लागेका भिरालाहरु जहाँ सुस्ताउन मन छ
हावा आयो फर्फराउँदै र बत्तिएर ल्यायो केही पहाडका गीतहरु । घाम आयो बिस्तारै र उज्यालो बनाइदियो मनको क्षितिज । पानी बर्सियो झरी बनेर र भिजाइदियो
वर्षौँपछी आज एक्लै मिलेको छ साँझ तर तिमी साथ छैनौ। एक्लै- हेरिरहेँछु आकाशको जून, र सम्झिरहेँछु तिमीलाई। यो एकान्त, यो मादकता… कसरी वर्णन गरौँ प्रिय?
तिमी यसरी आउनु जसरी झरी आउँछ र लछप्पै भिजाउँछ शरीर। तिमी यसरी आउनु जसरी बतास आउँछ र बिस्तारै मुसार्छ कानको लोती। तिमी यसरी आउनु जसरी
सुस्तरी एकदमै सुस्तरी चुमेँ उसका हत्केला यस्तो लाग्यो म पूर्ण हुँदैछु। अपूर्णताबाट पूर्णताको यात्रा अप्रेमबाट प्रेमको यात्रा उद्वेलनबाट शान्तिको यात्रा अस्थिरबाट थिरताको यात्रा शून्यबाट अनन्तको
अञ्जान थिए सुरुवातमा अञ्जानै बनेर आए र मित्रताको हात बढाए। अञ्जान- मित्र बने मित्र- प्रेमी बने। प्रेमको बदलामा प्रेम सम्बन्धको मूल्य सम्बन्ध। के नै दिन
छुट्दै गए मूलबाटोमा अपलक हेरिरहेका आँखाहरु छुट्दै गए किनारामा हल्लाइरहेका हातहरु छुट्दै गए घुम्ती अनि बाटाहरु छुट्दै गए स्ट्याण्ड र स्टेसनहरु। छुटेका ति थिए या