- विस्मय
- March 4, 2024
ताल बनेका यादहरु
तिम्रो याद ताल जस्तै जमेर बसेको छ हृदयमा। कहिले त्यही ताल बग्छ र आँशु बनेर बाहिरिन्छ। कहिले त्यही ताल जम्छ र हिउँ बनेर चिस्याउँछ आत्मैसम्म।
तिम्रो याद ताल जस्तै जमेर बसेको छ हृदयमा। कहिले त्यही ताल बग्छ र आँशु बनेर बाहिरिन्छ। कहिले त्यही ताल जम्छ र हिउँ बनेर चिस्याउँछ आत्मैसम्म।
युद्धको समय- रहँदैन दया हेरिँदैन न्याय राखिँदैन धैर्य सुनिँदैन चित्कार । धोका, भ्रम, छल अनि झुट… युद्ध- केवल युद्ध हुन्छ । तिमीलाई थाहा छ नि
प्रेमको अदालतमा- धोकाको मुद्दा चलिरहेछ यो मस्तिष्कको इजलासमा, उनका यादहरु प्रतिवादी बनेर उभिइरहेका छन् । अचेल, सोचाइको कठघरामा कैद छ आफ्नै जिन्दगी यसकारण धाउन बाध्य
जीवन- एक चुस्की एक सुरुप र एक घुट्की । सम्बन्ध- एक स्वाद एक मिठास र एक तलतल प्रेम- एक बास्ना एक महक र एक बाफ
बिहानै- एक हुल रङ्गिन सपनाहरु आए र मल्टीकलरमा चल्मलाए। मनको रङ्गमञ्चमा उफ्रिए, गाए, कराए पर्दा खस्यो अनि हराए। जसरी अस्ताएका थिए वर्षौँ वर्षका हजारौँ हजार
जीवन कुनै आधा बनेको घरजस्तै थियो जहाँ केवल एक्लो डकर्मी थिएँ म र बिचैमा काम छोडेर हिँडिदिएँ। जस्तो कुर्सीको खुट्टै नजोडी बिचैमा भाग्छ सिकर्मी। जस्तो
यस्तो रहोस् सम्बन्ध तिमीसँग तिम्रो उपस्थिती पनि होस् र मेरो भूमिका पनि रहोस्। यस्तो प्रेम रहोस् हरेक क्षण प्रेममा पनि रहुँ र महसुस पनि नहोस्।
केवल दुई दिन तिमी साथ भए पुग्छ जिन्दगीमा। एक दिन- तिमी मेरो साथ हुनु। अर्को दिन- म तिम्रो साथ रहुँला। 0 Facebook 0 Twitter