- विस्मय
- April 22, 2025
कुर्न सक्नुपर्छ त्यसैगरी…
भेट्न सक्नुपर्छ त्यसरी जसरी मिल्छन् दुई नदी र बग्छन् एकाकार भएर- समुद्रसम्मै । छुट्न सक्नुपर्छ त्यसरी जसरी गहिरो चुम्बनपछि पनि छोड्छ भमरा- फूलको न्यानोपन ।
भेट्न सक्नुपर्छ त्यसरी जसरी मिल्छन् दुई नदी र बग्छन् एकाकार भएर- समुद्रसम्मै । छुट्न सक्नुपर्छ त्यसरी जसरी गहिरो चुम्बनपछि पनि छोड्छ भमरा- फूलको न्यानोपन ।
लङ्काको रावणलाई जित्न नसकुँला म तर मनको रावण जित्नेछु। सुम्पेर सबैथोक तिमीलाई सजाइदिनेछु अशोकवाटिका। पर्खुँला, तड्पुँला, रोउँला, विलाप गरुँला। तिम्रो प्रतिक्षामा एक एक पल निमेष
एउटा जीवन रोइरहेँछु एउटा जीवन हाँसिरहेँछु । एउटामा छु अतिव्ययी एउटामा म साँचिरहेँछु । एउटामा म चुपचाप छु एउटामा म नाचिरहेँछु । एउटामा म विभक्त
फरक पर्छ र? हामी भेटिनु भेटिएर नजिक हुनु नजिक हुँदै साथ हुनु साथ निभाउँदै वर्षौँ बिताउनु अनि हावाको पातलो झोँकाले भर्भराउँदो दियो झ्याप्पै निभाएझैँ धिप्धिपाउँदै
मलाई था’छ! तिम्रो मुहार बोलिरा’छ। व्यथित छ मन अनि छ मनको ऊहापोह। सुस्केरा र खल्बलीको आरोह र अवरोह। मनमा छ- जति जे छ! आँखाबाटै खुलिरा’छ।
एकैनास हुन्न सधैँ, बदलाव जरुरी’थ्यो कोही यसै बदलिँदैन, दबाव जरुरी’थ्यो । कारोबार थ्यो पुरानो, रफादफा बाँकी नै थ्यो बहीखाता मिलाउनथ्यो, हिसाब जरुरी’थ्यो । जिन्दगी हो
झरी पर्छ अनि तिम्लाई सम्झिन्छु आँशु झर्छ अनि तिम्लाई सम्झिन्छु । मनै न हो भक्कानिन्छ रुन्छ अनि छट्पटिन्छ आत्मै मर्छ अनि तिम्लाई सम्झिन्छु । न