- विस्मय
- July 15, 2024
तीन कविता
१- सधैँ याद छ र रहनेछ साथ छ र रहनेछ । भुल्या छैन लठ्ठ भइ तिम्रो काखमा निदाएको । मात छ र रहनेछ याद छ
मलाई झरीमा कविता लेख्नुछ तिमी छेउमा बस है ! सुस्तरी बस ताकी म मेरा भावहरुमा तिम्रो उपस्थिती घोल्न सकुँ । बिस्तारै राख हात मेरा काँधमाथि
कति आह्लादित छ समय! आकाशबाट अविरल झरिरहेको झरी निरन्तर बगिरहेको खोलाको धार धारा छुटिरहेका भित्ताका झरनाहरु.. जब जब मग्न हुँदै हेर्छु बार्दलीबाट बलेँसीमा पछारिँदै फुटिरहेका
केही काम बाँकी छ अझै- केही सामान मिलाउनुछ एक घुट्को पानी पिउनुछ झ्याल ढोका लगाउनुछ कसैसँग विदाइको हात हल्लाउनुछ कसैको आँशु पुछ्नुछ र वर्षौँलाई पुग्ने
अर्धमुदित आँखाको कटाक्ष भिजेका कपालबाट झट्कारिँदै तप्किएको पानीको थोपो एउटा पातलो मुस्कान एउटा पातलो घुर्की एउटा पातलो नखरा एउटा पातलो इशारा.. तिम्रो स्पर्शको स्फुरणले म
छुस्स आउँछ र हराउँछ तिम्रो याद झिलिक्क बिजुली चम्किएर रातको नीरवतामा बिलाएजस्तो। छाम्न खोज्छु~ तिम्रै सामिप्यताको ढुकढुकी बतासिएर आएको तिम्रै सुगन्धको मिठो हरक- महसुस गर्न
फूलको डाली जस्तै थियो मेरो मन पनि कुनैबेला। कहिले कुनबेला चरा आएर बस्यो सुस्तायो र गयो उडेर पत्तै भएन! फूल झरिरह्यो डाली थर्थराईह्यो… 0
तिम्रो परेलाको बाटो हुँदै चिहाउन मन छ आँखाबाट ताकी देख्न सकुँ आफूले आफैँलाई तिम्रो सपनाको दुनियाँमा। तिनै बाटो हुँदै पुग्न सकुँ मनको गर्तसम्म ताकी छुन
बाटो बिर्सिएसी के भेटिन्छ? एउटा लामो डोर पहाढतिर उक्लिएको पातलो गोरेटो खोलामा टुङ्गिएको घाँसे गल्ली अज्ञाततिर बिलाएको साँघुरो खोँच जमीनतिरै धस्सिएको एउटा अर्कै बाटो जीवनको,यात्राको।
टाढै बसेर पनि शितल सुम्सुम्याइरहन्छ जून। टाढै बसेर पनि न्यानो सेक्छ घाम। टाढै बसेर आँत ठिहिर्याउँछ हिमाल। टाढै बसेर निरन्तर, अविरल ओत बनिरहन्छ आकाश। टाढा